बारा , ३० कार्तिक |
निजगढ नगरपालिका वडा नम्बर ३ स्थित टासी धार्गेलिङ बौद्ध गुम्बामा हरेक वर्षझैँ यस वर्षपनि धार्मिक मेला आज देखि शुरु भएको छ।
सो मेला ४ दिन सम्म लाग्ने जनाइएको छ। मेला को मुल उदेश्य भनेको सिंगौल वडा नम्वर ४ का अधिकांस तामाङ समुदाय ले आफनो पितृको सम्झनामा कार्तिक पुर्णिमाको दिन बती बाल्नु हो। सोहि बती बाल्ने कार्य संगै मनोरंजन को लागि मेलासमेत लाग्दै आइरहेको छ। कार्तिक पुर्णिमाको दिन आर्थिक रुपमा सम्पन्न भएका व्यक्तिले काठमाण्डौ को स्वयम्भु बौद्धमा गई आफ्ना पितृको सम्झनामा बती बाल्ने गर्दछन भने बिपन्न तथा काठमाण्डौ को बौद्ध र स्वयम्भु जान नचाहनेले सोहि गुम्बा आइ कार्तिक पुर्णिमाको दिन बत्ति बाल्छन।
पितृको सम्झनामा गुम्बामा बती बाल्न को लागि सिंगौलका तामाङ समुदाय मात्र नभई छिमेकी जिल्ला मकवानपुर ,रौतहट जिल्ला लगाएत अन्य स्थानका तामाङ समुदाय समेत बती बाल्न आउने गरेको गुम्बा को प्रमुख ओमसाङ लामाले बताएका छन्।
गएको वर्ष भने विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण २०४१ साल बाट स्थापना भएको गुम्बामा लाग्दै आइरहेको मेलालाइ प्रभाव पारेको थियो। सो गुम्बामा बत्ति बाल्न मात्र नभई मेला भर्न र मनोरंजन लिनको लागि टाढा टाढाबाट मानिस हरु आउने गरेको लामाले बताए। व्यवस्थापन समितिले सोहि कार्यको मध्यनजर गर्दै धार्मिक मेलाको आकर्षण बढाउन तथा मनोरन्जन लागि मेला को आयोजना गरिएको हो ।
यसवर्ष को मेलामा मौतको कुवा बाहेक रोटेपिङ्ग , झुला इलेक्ट्रोनिक रेल ,ड्रागन रेल तथा इलेक्ट्रोनिक हेलिप्याडको को व्यवस्था गरिएको छ।
यस्तै मेलाको सोभा बढाउन को लागि ख्याती प्राप्त गायक विजय लामा लगायत चर्चित अन्य कलाकार को बेजोड प्रस्तुति रहेको ३८ औ टासि धार्गेलीङ बौद्ध गुम्बा मेला व्यवस्थापन समितिको अध्यक्ष जीत बहादुर लोप्चन ले जानकारी दिएका छन्।