बारा जिल्लाको सिम्रौनगढ नगरपालिका व्यापारीले आफ्नो छोराको विवाहमा बुधबार साँझ हेलिकप्टर चार्टर गरेर जन्ति लगेका छन ।
व्यापारी जोगी साहले आफ्नो छोराको विवाहको लागी सो हेलिकप्टर चार्टर गरेर जन्ती लगेका हुन । सिम्रौंनगढ नगरपालिका वडा नम्बर १० देवापुर टेटाका साहले २१ वर्षिय छोरा बिर्जूको विवाहको लागि हेलिकप्टर चार्टर गर्नु भएको हो । बिजूृको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी संगितासंग बुधबार राति विवाह हुन लागेको हो ।
हेलिकप्टरमा चढेर बेहुलासहित बुबा जोगी, हजुर बुवा कमल साह र मामा गजारी साह साँझ ५ बजे बेहुलीको घरतर्फ लागेका थिए । अन्य जन्ति भने मोटरसाइकल र जिपबाट गरुडातर्फ लगेका छन । जोगीले २ दिनको लागि ३ लाख ८० हजार तिरेर हेलिकप्टर चार्टर गरेका हुन । विवाह सम्पन्न भएपछि बिहीबार बिहान ८ बजे घर फर्किने कार्यक्रम रहेको जोगीले बताउनु भएको छ । जोगी सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्याति प्राप्त खाद्यान्न (गोला) व्यापारी हुुनुुहुन्छ ।
छोराले बिहेमा हेलिकप्टर चढेर जाने इच्छा देखाएकोले हेलिकप्टर चार्टर गरेको जोगीले बताउनु भयो । ‘विवाह भन्ने कुरा जीवनमा एकपटक मात्र गर्ने हो, बेहुलका बुबा जोगीले भन्नु भयो, बेहुलाले नै त्यस्तो इच्छा जनाएपछि पुरा गर्नै पर्यो ।’ उहाँले सम्पति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हटन नहुने पनि बताउनु भयो । छोराको बिहेमा हेलिकप्टर भाडामा ल्याउन पाएकोमा आफुलाई खुसी लागेको उहाँले प्रेस चित्र डटकमलाई बताउनु भयो ।
हिन्दी फिल्ममा हिरो हेलिकप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकप्टर चढने इच्छा जागेको बेहुला बिर्जूले बताउनु भयो । ‘हेलिकप्टर चढने इच्छा थियो, बिर्जूले भन्नु भयो, बुबाले मेरो इच्छा पुरा गरिदिनु भयो ।’
जोगी सिम्रौनगढ क्षेत्रका ख्याति प्राप्त खाद्यान्न (गोला) व्यापारी हुनु हुन्छ । उहाँले सिम्रौनगढ र आर्दशकोतवालमा खाद्यान्न कारोबार गर्र्न ठुलो गोला पसल चलाउदै आउनु भएको छ ।