काङ्ग्रेसको नि. वर्तमान उप-सभापति विजयकुमार गच्छदारको केही धुमलिएको छवि हुँदाहुँदै पनि कडा प्रतिष्पर्धामा आउनु तथा झिनोमत (२ मत)ले पराजीत हुनु र नवनिर्वाचित उप-सभापति पूर्णबहादुर खड्काले सर्वाधिक धेरै मत ल्याउनुबाट महाधिवेशनप्रतिनिधिको मनोविज्ञानलाई बुझ्न सकिन्छ ।
महाधिवेशनप्रतिनिधिहरूले स्वतन्त्र र व्यक्तिकेन्द्रित मत हालेको देखिएन । केही आंशिक र अपवादबाहेक सबै मत प्यानलवाही नै परेको देखिन्छ । तसर्थ, महामन्त्रीमा विश्वप्रकाश शर्मा पराजीत हुने निश्चितजस्तै छ । अर्का प्रत्याक्षी गगनकुमार थापाले पनि जित्ने सम्भावना न्यून छ । यद्यपि पराजीत नै हुन्छन्, भन्न सकिँदैन । सारमा भन्नुपर्दा गगनलाई भनेजस्तो वा प्रचारमा आएजस्तो ‘सहजस्थिति देखिँदैन ।’
देउवाप्यानलका महाधिवेशनप्रतिनिधिहरूका मत केही थोरैमात्रामा चुहिएतापनि अधिकांश कटिबद्ध रहेको देखियो ।
-
धीरज निष्पक्ष