काठमाडौं । पछिल्लो समय नेपालमा युटुबमा अनेक प्रकारको भिडियो राखेर डलर कमाउनेहरुको सङ्ख्या दिनदिनै बढेको छ ।
त्यो सँगै नेपाल प्रहरीको साइबर ब्युरोले ‘युटुबरहरुलाई’ पक्राउ पनि गर्न थालेको छ । युट्युब च्यानल मार्फत अस्लिलता फैल्याएको भन्दै साथी भाई अनलाइन टिभिका सञ्चालक राम बहादुर मल्ललाई ब्युरोले पक्राउ गरेको छ । ब्युरोका अनुसार उनले युट्युबमा अश्लिल शिर्षक भिडियो मार्फत समाजमा अश्लिलता फैल्याएका थिए ।
आफूलाई रामु विरही मल्ल बताउने मल्ललाई जिल्ला अदालत काठमाडौंको अनुमतिको आधारमा पक्राउ गरिएको हो ।
उनलाई पक्राउ गरि ५ दिनको म्याद थप भएको ब्युरोले बताएको छ । यस्तो काम विद्युतीय कारोबार ऐन २०६३ अनुसार कसूर मानिने भएकाले पक्राउ गरेर अनुसन्धान गरिएको प्रहरीको साइबर ब्यूरोले जनाएको छ ।