काठमाडौं, पुस १२-
मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले अग्रता लिएको छ ।
पछिल्लो समय निरन्तररुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बिमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बिमा शुल्क आर्जन गर्न सफल भएको कम्पनीले जनाएको हो ।
कम्पनीले आर्थिक वर्षको पहिलो पाँच महिना अर्थात् मंसिर अन्त्यसम्मको अवधिमा दुई अर्ब ९८ करोड रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गर्न सफल भएको छ । आगामी दिनमा यसलाई अरु बढाउने योजनाका साथ काम गरेको कम्पनीले जनाएको छ ।
जीवन बिमाको क्षेत्रमा नेपाल लाइफ देशकै नं १ रहेको कम्पनीको दाबी छ । कम्पनीले पत्रपत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चार माध्याममार्फत् ‘नेपालकै नं १’ अभियान सार्वजनिक गरी तथ्य परक प्रमाणहरु प्रस्तुत गर्दै एउटा अभियान नै सञ्चालन ग¥यो । जुन अभियान(क्याम्पियन) ले समेत बजारमा सकारात्मक प्रभाव पारेको छ ।
जीवन बिमाको विश्वसनीयता तथा जीवन बिमामा आकर्षण बढाउने उद्देश्यका साथ कम्पनीले पुस ६ गते देखि ‘नेपालकै नं. १’ अभियान सार्वजनिक गरेको थियो ।
कम्पनीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिलकुमार चौधरीले अभियानमार्फत् कम्पनीलाई यस उचाइँसम्म पु¥याउन सकिएको जानकारी दिए । हरेक सूचकको अब्बलतालाई कायम गर्दै नेपाललाइफ अगाडि बढ्दै आएको छ । जसलाई कम्पनीको समग्र वित्तीय सूचकले समेत प्रष्ट पार्छ । आर्थिक वर्ष २०७८\७९ को पहिलो त्रैमासिक अन्त्यसम्म कम्पनीसँग ११८.७६ अर्बको सर्वाधिक जीवन बिमा कोष, २९ लाख ८३ हजार १६ सर्वाधिक बिमालेख जारी, ४०.५० अर्बको सर्वाधिक दाबी भुक्तानी, ७.१९अर्बको सर्वाधिक चुक्तापुँजी रहेको छ । साथै अधिकांश सूचकांकले नेपाल लाइफ जीवन बिमा क्षेत्रमाअब्बल सावित भएको कम्पनीले जनाएको छ ।