प्रदेश २ बाराको निजगढ नगरपालिका भित्र रहेका सम्पूर्ण विधालयहरू साउन २५ गतेदेखि भौतिक रूपमा सञ्चालनमा हुने भन्दै नगरपालिकाले सुचना निकालेको छ ।
कोरोना भाइरसको सङ्क्रमण जोखिमको कारण केहि समय देखि बन्द रहेका नगरपालिकाभित्रका सम्पुर्ण विधालयहरू अब भौतिक उपस्थितिमा सञ्चालनमा ल्याउने नगरपालिकाले निर्णय गरेको हो ।
निजगढ नगरपालिकाको शिक्षा महाशाखाले सूचना निकाल्दै विद्यालयहरु खोल्ने बताएको छ ।
यो सूचना प्रकाशित हुनुभन्दा पहिले नै नगरका निजी विधालयहरूले भने केही दिन अघिबाटै भौतिक रूपमा नै उपस्थित भई अध्यन अध्यापन सुरु गरिसकेका छन् । एउटै नगरमा सामुदायिक र निजी विद्यालयहरू बिच भिन्नता हुँदा नगरपालिका माथी अभिभावकहरूले गुनासो गरेका छन् ।