मंगलबार निजगढ नगरपालिकाद्वारा सञ्चालित कोभिड-१९ को १४ जनामा परीक्षण गर्दा १४जनामै कोरोना संक्रमण पुष्टी पाइएको छ ।
निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा निजगढ नगरपालिकाद्वारा सञ्चालित कोभिड-१९ आइसोलेशन कक्षले परीक्षण गर्दा १४ जनामै संक्रमण पुष्टी रहेको निजगढ प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
यसै क्रममा पछिल्लो २४ घण्टामा निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा निजगढ नगरपालिकाद्वारा सञ्चालित कोभिड-१९ आइसोलेशन कक्षले परीक्षण गर्दा १४ जनामै संक्रमण पुष्टी भएको छ । यसले कोरोना संक्रमण निकै भयाबह बन्दै गएको तर्फ संकेत गर्छ । अधिकांश मानिसहरु कोरोनाको जस्तै लक्षण देखिए पनि अहिलेसम्म परीक्षण गर्न गएका छैनन् ।
सबैमा सचेत रहन आग्रह
साथै आजै निजगढ नगरपालिकाले एक विज्ञप्ती जारी गर्दै सबैलाई सचेत रहन समेत जनाकारी गराएको छ । स्वास्थ सुरक्षाका मापदण्डहरु पालना गर्न , घरबाट वाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न , भौतिक दुरी कायम गर्न , अनावश्यक जमघट नगर्न नगरपालिकाले जनाकारी गराएको छ ।