काठमाण्डौ – माध्यामिक शिक्षा परीक्षा एसईईको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बोर्ड बैठकले एसईईको नतिजा प्रकाशन गरेको हो । कक्षा १२ को परीक्षाको विषयमा निर्णय गर्न बसेको बोर्डको बैठकले एसईईको नतिजा पनि सार्वजनिक गरेको हो ।
गत वर्षको जस्तै यस वर्ष पनि आन्तरिक मूल्यांकनकै आधारमा एसईईको नतिजा सार्वजनिक भएको छ । ५ लाख १७ हजार विद्यार्थी एसईईमा सहभागी भएका थिए ।केहीबेरमै नतिजा बोर्डको वेबसाइट www.see.gov.np, www.neb.gov.np मा गएर हेर्न सकिनेछ ।
को’रोना महामारीका कारण प्रभावित भएको एसईई २०७६ र २०७७ दुबै सालमा विद्यालयको आत्रिक मूल्यांकनलाई मान्यता दिँदै आएको छ। आज प्रकाशित एसईईको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने छ। बोर्डले एसईईको नतिजा केही प्राईभेट कम्पनीबाट पनि हेर्न मिल्ने जनाएको छ।
बोर्डका अनुसार इजी सर्भिस प्रालि, आकाश टेक प्रालि र जानकी टेक्नोलोजी प्रालिमार्फत एसएमएस गरेर हेर्न मिल्ने छ। यस्तै नेपाल टेलीकम र एनसिएलबाट १६०० एसएमएसगरेर थाहा पाउन सकिन्छ। बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रा लि।
इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ ।आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ ।
त्यस्तै बोर्डले २०७७ सालको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९ आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर पनि नतिजा प्राप्त गर्न सकिने राष्ट्रिय परीक्षा बोर्डले जानेको छ ।
परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np www.ekantipur.com, www.ricell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।