निजगढ नगरपालिका वडा नम्बर १० लाल गाउँमा नेपाली कांग्रेश र नेकपा माओवादी केन्द्र परित्याग गरी २ सय ५० जना कार्यकर्ता र शुभचिन्तकहरु हिजो नेकपा एमालेमा प्रवेश गरेका छन ।
कांग्रेश पार्टीका राजु वल, सन्मान वाइव र तारा थिङ्ग सहित ६० जना र माओवादी केन्द्र निजगढ नगर कमिटी सदस्य सुमित्रा लोप्चन, अखिल नेपाल महिला संघ बारा जिल्ला सदस्य राममाया लोप्चनसहित १ सय ४१ जना गरी २ सय १ जना कार्यकर्ता र समर्थकहरु नेकपा एमालेमा प्रवेश गरेका हुन । नवप्रवेशीहरुलाई नेकपा एमालेका नेताहरुले अविर लगाएर र खादा ओडाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।
लाल गाउँका माओवादी र नेपाली कांग्रेश पार्टीका अधिकांश नेता कार्यकर्ता र मतदाता एमालेमा प्रवेश गरेको नेकपा एमाले निजगढ नगर कमिटी सचिव तिलक घलानले बताउनुभयो । पार्टी प्रवेश कार्यक्रममा बोल्दै एमाले पोलिटब्युरो सदस्य ज्वाला साह, एमाले प्रदेश कमिटी सदस्य एकबहादुर श्रेष्ठ, अम्बिका चौलागाई, नेकपा एमाले बारा जिल्ला कमिटी अध्यक्ष विनोद साह, निजगढ नगरपालिकाकी उपाध्यक्ष एंव जिल्ला कमिटी सदस्य लिलादेवी खनाल, एमाले निजगढ नगर कमिटी अध्यक्ष सुरत पुरीले एमाले प्रवेश गर्नेहरुलाई क्षमता र योग्यताको आधारमा पार्टीभित्र जिम्मेवारी दिने बताए ।
कार्यक्रममा प्रदेश कमिटी सदस्य सुदर्शन कोइराला, दर्गा कोइराला, एमाले बारा जिल्ला कमिटी उपाध्यक्ष टिना सुवेदी, सहसचिव अमृत बजगाईलगायत जिल्ला कमिटीका सदस्य र निजगढ नगर कमिटीका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो । नेकपा एमाले वडा नम्बर १० वडा कमिटीका अध्यक्ष लोकबहादुर कार्कीको अध्यक्षतमा भएको सो कार्यक्रमको संचालन अमृत अधिकारीले गर्नु भएको थियो।