रौतहट । नक्कली नोटसहित रौतहटमा ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको बटेश्वर गाउँपालिका–४ बस्ने ३८ वर्षीय शत्रुधन वरई ठाकुर, महोत्तरीको वर्दीवास नगरपालिका–९ बस्ने रञ्जित महतो र महोत्तरी कै भङ्गहा नगरपालिका–४ बस्ने २५ वर्षीय दिपेन्द्र कुमार महतो रहेका छन् ।
प्रहरी चौकी मठिया महुलियाबाट खटिएको प्रहरीको गस्ती टोलीले उनीहरूलाई पक्राउ गरेको हो । ईशनाथ नगरपालिका-४ मा रहेको कालिमन्दिर नजिकै चेकजाँच गर्दा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले उनीहरूको साथबाट १ हजार दरको ९ लाख ९३ हजार बराबरको नक्कली नोट बरामद गरेको प्रहरी नायव उपरीक्षक नारायण प्रसाद चमरीयाले जानकारी दिए ।
उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।