साप्ताहिक राशिफल – Weekly Rashifal
फागुन १५–२१, २०७८
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४
मेष – ARIES
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
प्रारम्भमा व्यावहारिक कठिनाइ देखा पर्नाले चिताएको काम रोकिन सक्छ। तापनि मिहिनेत गर्दा विशेष अवसर प्राप्त हुनेछ। सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै कर्मयोगले समाजमा स्थापित गराउन सक्छ। काम देखाएर उपलब्धि हातपार्ने समय छ। विशेष जिम्मेवारी वा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै प्रतिफल प्राप्त हुनेछ। आम्दानी मनग्य हुनेछ। सप्ताहान्तमा भने मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। शुभचिन्तकहरूलाई बेवास्ता गर्दा दु:ख पाइनेछ।
वृष – TAURUS
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
सुरुमा व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। अध्ययनमा बाधा पुग्नेछ भने वादविवादले समस्या निम्त्याउन सक्छ। बुधवारदेखि असहज परिस्थितिलाई सहज बनाउन सकिनेछ। समुदायको हितमा केही राम्रै काम गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउनेछ। सप्ताहान्हामा आयस्रोत सबल बन्नेछ। नयाँ काम र व्यापार थाल्न समयले साथ दिनेछ। अड्किएकाे रकम प्राप्त हुनेछ।
मिथुन – GEMINI
का, कि, कु, घ, ङ, छ, के, को, ह
शुभचिन्तकहरूको सहयोगले साताको प्रारम्भ उत्साहवर्द्धक देखिनेछ। सामाजिक प्रतिष्ठा एवं पदीय जिम्मेवारी प्राप्त हुनेछ। सोमवारदेखि भने काममा अरूको भर पर्नुपर्ने स्थिति आउन सक्छ। अरूकै लागि रकम र समय पनि खर्चनुपर्ला। स्वास्थ्यमा केही कमजोरी देखापर्नेछ। व्यवसायमा बाधा पुगे पनि सेवामूलक कामबाट सामान्य उपलब्धि प्राप्त हुनेछ। तत्काल ठूलो फाइदा नदेखिएकाले लाभ उठाउन हतार नगर्नुहोला। आक्षेप लगाउनेहरूले बिनाकारण दु:ख दिनेछन्। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले काम बन्नेछ।
कर्कट – CANCER
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चुनौती पन्छाएर पनि काम बनाउन सकिनेछ। मिहिनेतले अवसर दिलाउनेछ भने लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। विवाद तथा मुद्दाहरूमा पनि आफ्नो पक्ष बलियो रहनेछ। व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। प्रयत्न गर्दा मित्रता र प्रेमको बन्धन कसिनेछ। पेसातर्फ आम्दानी पनि बढ्नेछ। मंगलवारपछि फजुल खर्च र वादविवादले समस्या निम्त्याउन सक्छ। घर–परिवारमा असमझदारी बढ्नेछ भने गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। आफैंले दिएको वचन पूरा गर्न नसक्दा साथीभाइ टाढिनेछन्।
सिंह – LEO
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रारम्भमा पढाइलेखाइ र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। बलजफ्तीले काम बिग्रनेछ भने अर्थ अभावले पनि समस्या उत्पन्न हुनेछ। सोमवारदेखि व्यापार र उद्योगमा विशेष फाइदा हुनेछ। स्रोत–साधन जुट्नाले छोटो समयमा उपलब्धि हातलागी हुनेछ। शत्रुहरू पछि हट्नेछन्। मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। खर्च लागे पनि व्यवसायका लागि यात्रा गर्ने साइत जुर्न सक्छ। सप्ताहान्तमा विवादास्पद जिम्मेवारीले समस्या निम्त्याउनेछ। गोपनीयता बाहिरिनेछ भने स्वास्थ्य समस्याले काम राेकिन सक्छ। फजुल खर्च बढ्नेछ।
कन्या – VIRGO
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
प्रारम्भमा अप्ठ्यारो परिस्थितिका बीच केही संघर्ष गर्नुपर्ने हुन सक्छ। आफन्तसँग असमझदारी बढ्नेछ। काम बिग्रने भयले सताउन सक्छ। सोमवारदेखि रोकिएको कामले गति लिनेछ। धेरै फाइदा नभए पनि नियमित काम सम्पादन हुनेछ। अध्ययनमा सामान्य प्रगति हुनेछ। तर आफ्नो उपलब्धिमा अरूले दाबी गर्न सक्छन्। मंगलवारपछि प्रतिस्पर्धी पछि हट्नेछन्। मिहिनेत गर्दा व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। रोकिएकाे काम बन्नेछ। प्रियजनको साथ जुट्नेछ भने दिगो काम सुरु हुनेछ। प्रेम र मित्रताकाे बन्धन कसिनेछ।
तुला – LIBRA
र, रि, रु, रे, रो, ता, ति, तु, ते
मिहिनेतले हिम्मत दिलाउनेछ भने सुरुमा पुरुषार्थ देखाएर दाम समाउने अवसर प्राप्त हुनेछ। सोमवारदेखि साइनो गाँस्नेहरूबाट अलि सजग रहनुपर्ला। परिस्थितिअनुसार चल्न नसक्ता केही दुःख पाइनेछ। समयतालिका नमिल्दा आफ्ना कामबाट अरूले फाइदा उठाउलान्। परिस्थितिवश चिताएको काम रोकिनेछ। कामको मेसो नमिल्दा योजना अधुरै रहनेछ। हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। अध्ययनमा पनि त्यति समय दिन नसकिएला। पहिलेका सहयोगीहरू प्रतिस्पर्धामा उत्रने हुँदा सम्झौतामा व्यवहार चलाउनुपर्ला।
वृश्चिक – SCORPIO
तो, ना, नि, नु, ने, नो, या, यि, यु
धेरै बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। खराब व्यक्तिको संगतले बुद्धिभ्रम हुनेछ। सोमवारपछि शुभचिन्तकहरूको साथ जुट्नाले काममा फाइदा हुनेछ। बलभन्दा बुद्धिको उपयोगले लाभ दिलाउनेछ। टाढिएका आफन्त नजिकिनेछन्। अध्ययन र व्यापारमा फाइदा हुनेछ। घरेलु समस्यामा अलि सावधान रहनुहोला। बीचमा समस्या आए पनि हिम्मत गर्दा चुनौती पन्छाउन सफल भइनेछ। योजनाहरू गोप्य राख्नुहोला। तर सप्ताहान्तमा कुरा लगाउनेहरूले सम्बन्धमा फाटो उत्पन्न गर्न सक्छन्। तापनि आफन्तको सहयोग जुट्नेछ।
धनु – SAGITTARIUS
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
सुरुमा रमाइलो जमघट र खानपानमा रमाउने समय छ। वातावरण अनुकूल नदेखिए पनि इच्छाशक्ति बढ्नाले लक्ष्य प्राप्ति हुनेछ। लगनशीलताले प्रतिष्ठा दिलाउनेछ। सोमवारदेखि परिस्थितिवश लक्ष्य साधनामा पछि परिनेछ। अप्रिय समाचारले जाँगर मर्नेछ। अरूको भर पर्दा समस्या देखापर्नेछ। बुधवारदेखि स्थितिमा सुधार आउनाले रोकिएका काम बन्नेछन्। सहयोगीहरू जुट्नाले नयाँ कामतर्फ अघि बढ्ने समय छ। अरूलाई प्रभावमा पारेर लाभ उठाउने समय छ। आफन्तबीच आत्मीयतामा कमी आउन सक्छ। सजग रहनुहोला।
मकर – CAPRICORN
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। लाभ नहुने कामको समेत जिम्मेवारी सम्हाल्नुपर्ला। सोमवारदेखि स्थितिमा सुधार आउनुका साथै आफन्तसँग सम्पर्क बढ्नाले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्न केही अवरोध आउन सक्छ। घरायसी काममा पनि अलमलिनुपर्ला। परिश्रमअनुसार सोचेको प्रतिफल प्राप्त नहुन सक्छ। बुधवार र बिहीवार विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने स्थिति आउन सक्छ। बलभन्दा बुद्धिले काम लिनुहोला, सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। काम बन्नाले आकस्मिक लाभ हुनेछ।
कुम्भ – AQUARIUS
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रारम्भमा आम्दानीका विविध स्रोत फेला परे पनि दिगो रूपमा लाभ उठाउन नसकिएला। परिस्थितिवश हातबाट सञ्चित रकम बाहिरिन सक्छ। बलजफ्ती गर्ने बानीले काममा समेत समस्या पर्नेछ। खर्च लागे पनि प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। मंगलवारपछि आफन्तको साथ जुट्नाले रोकिएका काम सम्पादन हुनेछन् र आर्थिक स्थितिमा सुधार आउनेछ। विशेष उपहार प्राप्त हुने समय छ। मिहिनेतले अध्ययन र लेखनमा निखारता ल्याउन सकिनेछ। सप्ताहान्तमा विवादास्पद काम गर्नुपरे पनि आम्दानी बढ्ने देखिन्छ।
मीन – PISCES
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामाजिक काममा जुट्नुपरे पनि दाम, इनाम एवं प्रतिष्ठा प्राप्त हुने समय छ। पहिलेको नतिजाले हौसला प्रदान गर्नेछ। पेसा र व्यापारमा मनग्य लाभ हुनेछ। आम्दानीका अन्य स्रोत समेत फेला पर्नेछन्। मंगलवारपछि लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ। पछिका लागि गरिएको लगानीले भने फाइदै दिनेछ। केही आम्दानी बाहिरिए पनि प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्नेछ। घर–परिवार तथा आफन्तबाट टाढिनुपर्ने हुन सक्छ। विलासी वस्तुका लागि धन खर्च हुनेछ। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। काममा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्।