रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्र पटेल पक्राउ परेका छन् ।
उनलाई दुई लाख नगद र साढे दुई लाख रुपैयाँको चेकसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयको टोलीले पक्राउ गरेको हो । नगरपालिकाकै वडा नम्बर १ का अध्यक्ष शेख नुरुल्लाहसँग घुस लिएको आरोपमा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको हो । प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले अख्तियारको टोलीले मेयर पटेललाई पक्राउ गरेको पुष्टि गर्नुभयो ।
मेयर पटेल सहित योजना, लेखापाल र मेयरका पिए सहित अदुवाको टोलिले नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ ।
देवाही नगरपालिका को वरिपरि बाक्लो सुरक्षाकर्मी परिचालन गरिएको छ नगरपालिका भित्र टोलीले सोधपुछ गरिरहेको बुझिएको छ ।