मुगुका सांसद मोहन बानियाँ बलात्कारको आरोपमा सोमबार पक्राउ परेका छन् । काठमाडौंबाट फर्किंदै गर्दा बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका डीएसपी मधुसूदन न्यौपानेको अनुसार उनलाई विमानस्थलबाट पक्राउ गरिएको हो ।
४० वर्षीया पीडित महिलाले बानियाँले बलात्कार गरेको भन्दै गत २७ माघमा मुगु जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । बानियाँ विरुद्ध पक्राउ पुर्जी जारी उनकै उजुरीको आधारमा भएको थियो ।
२५ लाख रुपैयाँको आर्थिक लेनदेनको क्रममा सांसद बानियाँले १९ माघमा होटलमा बोलाएको र जबरजस्ती करणी गरेको पीडितले दिएको जाहेरीमा उल्लेख गरिएको छ ।
सांसद बानियाँले भने यो आरोप सरासर झुट र आफ्नो राजनितिक जिवन खराब पार्न यस्तो भनिएको भन्दै बचाउ गर्दै आएका छन ।