काठमाडौं। काठमाडौं उपत्यकामा निषेधाज्ञाको मोडालिटी फेरिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को बैठकले मोडालिटी परिवर्तनको निर्णय गरेको हो। हाल देशभर कोरोना संक्रमितको संख्या वृद्धी भएसँगै सो मोडालिटी फेरिएको हो ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार बिहीबार साँझ ८ बजेबाट निजी र सार्वजनिक सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको हो।
साँझ परेपछि होटलमा हुने गतिविधि नियन्त्रण गर्न यस्तो निर्णय भएको भट्टराईको भनाइ छ।
‘बिहीबार साँझ ८ बजेपछि यो नियम लागू हुनेछ’, उनले भने, ‘साँझ आठ बजेभित्र निजी तथा सार्वजनिक सवारी साधन गन्तव्यमा पुगिसक्नु पर्नेछ।’
निषेधाज्ञाको अन्य मोडालिटी भने परिवर्तन नभएको उनले पुष्ट पारे।