चितवनमा दुलर्भ एकसिङे गैँडा मृत अवस्थामा फेला परेको छ । माडी नगरपालिका– १, वनकट्टास्थित रिउ खोलाको पुलबाट करिब ३ सय मिटर उत्तरमा उक्त मृत गैँडा भेटिएको हो ।
चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आइतबार बिहान २९ वर्षको भाले गैँडा मृत भेटिएको हो । गैँडाको खाग र खुर सुरक्षित रहेको निकुञ्जले जनाएको छ ।
योसँगै चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय वनक्षेत्रमा चालु आर्थिक वर्षमा ३३ वटा गैँडा मरेका छन् । तीमध्ये दुईवटा चोरी शिकारीले मारेको आशङ्का गरिएको छ भने अन्य प्राकृतिक कारणले नै मरेको तिवारीले जानकारी दिए ।