बाराको निजगढमा निर्माण हुँने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल नबनाउँन सर्वोच्च अदालतले गरेको फैसलाको विरोधमा निजगढ स्थित सहिद चोकमा स्थानीय युवाले पूर्वपश्चिम लोकमार्गमा धर्ना र चक्का जाम गरेका छन् ।
स्वतन्त्र निजगढ युवा विद्यार्थी सरोकार मञ्चको आयोजनामा आज भएको चक्काजामका कारण राजमार्गमा दर्जनौं सवारीसाधनका यात्रु र ढुवानीका साधन अलपत्र परेका हुँन् । धर्नामा सहभागीहरूले सर्वोच्चको निर्णय फिर्ता गर, विकास प्रेमी जनता एक हौं, भारतीय विस्तारवाद मुर्दावाद जस्ता नारा लगाएका थिए । अबको दिनमा झन ससक्त रुपले राजमार्गमा धर्ना गर्ने बताउछन आन्दोलनका अगुवा विद्यार्थी नेता श्यामकृष्ण घिमिरे । उनीहरूले सर्वोच्च अदालतको आदेश पुनरावलोकन नभए सम्म आन्दोलन जारी राख्ने बताएका छन् । त्यसैगरी, निजगढ सरोकार समितिले पनि अदालतको निर्णय विरुद्ध आन्दोलन गर्ने भएको छ ।
समितिले आन्दोलनको रणनीति तयार पार्न आज समितिको बैठक आह्वान गरेको संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठले बैठकको निर्णय अनुसार आन्दोलन गरिने बताउँनु भयो । समितिले यस अघि पनि विमानस्थलन निर्माणको माँग गर्दै निजगढमा दबाबमूलक आन्दोलनको कार्यक्रम सञ्चालन गर्दै आएको थियो । विमानस्थल निर्माणको लागि दबाब दिने उद्देश्यले संघर्ष समिति गठन गर्न आगामी १७ जेठ मंगलवार निजगढमा सर्वपक्षीय भेलाको आयोजना गर्ने निजगढ उद्योग बाणिज्य संघका अध्यक्ष रामकृष्ण नेपालले जानकारी दिनुभयो ।