नेपाली चलचित्र ‘नालापानी’को टिजर सार्वजनिक भएको छ। ऐतिहासिक कथा वस्तुमा निर्माण भएको यो फिल्म आगामी कात्तिक ४ गतेदेखि प्रदर्शन गर्ने तयारी छ।
१ मिनेट ४१ सेकेन्डो टिजरमा अंग्रेजी फौजसँग नेपालीहरुले लडेको युद्ध देखाइएको छ।
रमेश अधिकारीले निर्देशन गरेको फिल्म सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाइँलाई आधारित छ।
चलचित्र विकास बोर्डले दुई वर्षअगाडि विशेष चलचित्र घोषित ‘नालापानी’को रिसर्च तथा लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन्।
धनराज कुँवर र रामराजा कुँवरद्वारा लिखित ‘नालापानी’का नायक वीर बलभद्र पुस्तकमा आधारित रहेर निर्माण गरिएको छ।
यो चलचित्रमा देशभक्त खनाल, अर्जुनजंग शाही, सन्तोष पन्त, मनोज शाक्य, विशाल पहारी, विजय विस्फाेट, पुजना प्रधान, गीता अधिकारी, महाविर विश्वकर्मा, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, शारिता राजोपाध्याय लगायतका कलाकारले अभिनय गरेका छन्।
‘नालापानी’का एसाेसियट निर्माता सपनकुमार थापा, सह-निर्माता गणेश कार्की, कार्यकारी निर्माता घनेन्द्र थपलिया तथा निर्माता मनोज शाक्य र रिमेश अधिकारी हुन्।