आउदै गरेको दशैको शुभकामना दिन निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी र उपप्रमुख सोम माया थिङले नेपालीहरुको महान चाड बिजया दशमी, दीपावली, नेपाल सम्बत तथा छठ पर्वको अवसरमा नगरभित्रका अपाङ्गता भएका व्यक्तिहरुसंग घरमा गएर हिजो शुभकामना आदनप्रदान कार्यक्रम गर्नुभएको छ ।
नगरप्रमुख पुरी, उपप्रमुख थिङलगायत सम्बन्धित वडाका जनप्रतिनिधि सहितको टोलीले क वर्गको अपाङ्गता भएका व्यक्तिहरुको घरमा पुगेर शुभकामना आदनप्रदान गर्नुभएको हो । निजगढ नगरपालिकाभित्र रहेका ८० जना पूणर्अशक्तता भएका मध्ये ३३ जनासंग हिजो शुभकामना आदनप्रदान गरिएको र बाँकी अन्यसंग भने आज भेटेर शुभकामना आदनप्रदान गर्ने कार्यक्रम रहेको बताइएको छ ।
सोही अवसरमा उनीहरुलाई हर्लिक्स, जुश र फलफुलसमेत वितरण गरिएको थियो ।