२३ असोज, बारा । बारा क्षेत्र नं. १बाट नेकपा एमालेका अच्युत मैनालीले उम्मेदवारी दर्ता गरेका छन् । आज दिउसो बाराको कोहल्बीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गरेका हुन ।
एकदिन अघि मात्रै नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) नेपाल बीच चुनावी तालमेलमा सहमती भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच तालमेलको सहमती भएको थियो ।
सहमती अनुसार बाराको चार निर्वाचन क्षेत्रमध्ये क्षेत्र नं. १ र ४ एमालेले लिएको छ भने क्षेत्र नं. २ जसपाले पाएको छ । यस्तै क्षेत्र नं. ३ मा भने दुवै पार्टीले उम्मेदवारी दिने गरी सहमती भएको छ ।
यसैगरी आठ वटा प्रदेश सभातर्फको सिटमा दुबै पार्टीले ४–४ लिने भएका छन् । एमालेले प्रदेश सभातर्फ (क) को सबै र जसपाले प्रदेशसभा (ख) को सबै लिने सहमती भएको छ ।