बारा । नेकपा एमालेका बारा क्षेत्र नम्बर १ क का प्रदेशसभा सदस्यका उम्मेदवार त्रिलोकी प्रसाद चौधरीको नेतृत्वमा यस क्षेत्रमा अनगिन्ती भौतिक पूर्वाधार तथा सामाजिक विकासका काम भएका छन् ।
२०७४ सालमा प्रदेशसभा सदस्यमा निर्वाचित भएपछि प्रदेश सरकार र स्थानीय पालिकाको सहकार्यमा सडक निर्माण र स्तरोन्नति तथा खानेपानी, शिक्षाको क्षेत्रमा व्यापक योजना तथा कार्यक्रमहरु अघि बढेका छन् ।
यसैगरी, सांस्कृतिक सम्पदाहरुको संरक्षण र सम्बर्धनमा चौधरीले थुप्रै काम गरेका छन । नेपालमा विभिन्न बिकाशका कार्य हुने तर त्यसको परिणाम नदेखिने गरेको भन्ने गुनासो छ तर आफुले जनताले देखिने गरि कार्यक्षेत्रमा चुस्त दुरुस्त ढंगबाट काम गर्न पहल समेत गरेको उनको भनाई छ ।
‘यहाँ काम कम गर्ने र प्रचार धेरै गर्नेको आवज ठुलो हुदो रहेछ, प्रचारप्रसार गरेर साने कामलाई पनि ठुलो काम गरेको भन्नेको भिड छ, मलाई अचम्म लाग्छ, मैले गत ५ वर्षमा निकै काम गरे तर प्रचार प्रसारमा खासै ध्यान दिईन यो मेरो कम्जोरी रयो’ प्रदेश सभा सदस्यका उम्मेदवार चौधरी भन्छन, मेरो विषयमा भन्दा मैले यसअघिको कार्यकालमा गरेका बेलाको कामलाई हेर्नुस् । मैले अहिले बढाइचढाइ गरिराख्नु पर्दैन । त्यो सबैले देख्नुभएको छ ।
प्रदेश सभा सदस्यका उम्मेदवार चौधरीले आफू आश्वसन र झुटको राजनीति गर्न कहिल्यै नजान्ने र बोलेका कुराहरू पुरा गर्ने बताए । उनले आफ्नो निर्वाचन क्षेत्रको विकासको लागि शिक्षा, स्वास्थ्य, खानेपानी, सुकुम्बासी समस्यालगायतका क्षेत्रमा मुख्य रुपमा यो पटक काम गर्ने बताए ।
बारा क्षेत्र नम्बर १ क का प्रदेश सभा सदस्यका उम्मेदवार त्रिलोकी प्रसाद चौधरीबाट के के भए पाँच बर्षमा ? यस्तो छ सूची
त्रिलोकी प्रसाद चौधरीको अगुवाईमा बारा क्षेत्र नम्वर १ क को निजगढमा सम्पन्न प्रमुख विकास तथा निर्माणका कामहरुः
१) गौरीशंकर माध्यमिक विद्यालय निजगढ ६ मा ६५ लाख बजेट दिई भबन निर्माण सम्पन्न भएको छ ।
२) नेत्रोदय माध्यमिक विद्यालय निजगढ ७ मा ४० लाख बजेट दिई भबन निर्माण सम्पन्न भएको छ ।
३) सार्वजनिक माध्यमिक विद्यालय निजगढ ५ मा २० लाख बजेट दिई भबन निर्माण सम्पन्न भएको छ ।
४) सार्वजनिक माध्यमिक विद्यालय निजगढ ५ मा २५ लाख बजेट दिई प्राविधिक शिक्षा सुरु गरिएको छ ।
५) गौरीशंकर माध्यमिक विद्यालय निजगढ ८ मा २५ लाख बजेट दिई भबन निर्माण सम्पन्न भएको छ ।
६) गौरीशकर क्याम्पस भवन निर्माण निजगढ ९ मा २५ लाख बजेट दिई भबन निर्माण गर्ने सहयोग भएको छ ।
७) जनजागृत्ती सामुदायिक भवन निजगढ ५ मा बिद्यालय सुधार तथा निर्माणका निम्ती २० लाख दिईएको छ ।
८) माझी टोल बाटो ढलान निजगढ ४ का निम्ती १५ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
९) कछडिया टोल नाला बाटो निर्माण निजगढ ११ का निम्ती ४० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१०) सडक ग्राभेल तथा एकिंग वाल निजगढ ११ मा १० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
११) सामुदायिक प्रसुती गृह भैतिक निर्माण निजगढ ९ मा १५ लाख बजेट दिई निर्माण कार्य भईरहेको छ ।
१२) रतनपुरी अस्पताल रोड एजिंग बाल ग्राभेल निजगढ ११ मा १५ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१३) रतनपुरी स्कुल कम्पाउड वाल निर्माण निजगढ ११ मा ५० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१४) शक्तिखोला स्कुल कम्पाउड बाल निर्माण निजगढ ११ मा २० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१५) घोल हस्पिटल रोड ग्राभेल निजगढ ११ मा ६ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१६) सेती गुरास निजगढ ८ मा ५ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१७) चर्च भवनको लागि निजगढ ११ मा ५ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१८) कलभर्ट निर्माण आर्मी क्याम्प बाटो निजगढ ११ मा २० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१९) ओम शान्ती भवन निजगढमा ५ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
२०) शिशौघारी बाटो ढलान निजगढ ८ मा ५ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
२१) आधारभुत विद्यालय निजगढ ४ मा ५ लाख बजेट दिईएको छ ।
२२) मन्दिरको वाल निर्माणका निम्ती निजगढ ११ मा ८ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
२३) खानेपानी पाईप लाईन विस्तारगर्ने निजगढ खानेपानीलाई २० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
२४) स्वस्थ्य चौकी भवन निर्माण निजगढ ४ मा २० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
२५) कृष्ण प्रमाणी मन्दिर निजगढ ६ मा मन्दिरको बिकासका निम्ती २ लाख बजेट उपलव्द्ध गरिएको छ ।
२६) श्री ने रा प्र वि डम्बरपुर निजगढ १३ मा ७ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
२७) गुम्वाको छत ढलान निजगढ १० मा ८ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
२८) लाल विद्यालय भवन मर्मत संभार निजगढ १० मा १२ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
२९) नाला निर्माण निजगढ ५ मा १० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
३०) शिव पंचाग मन्दिर निजगढ ५ मा ५ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
यस्तै त्रिलोकी प्रसाद चौधरीको अगुवाईमा बारा क्षेत्र नम्वर १ क को कोल्हवी नगरपालिका र बारागढी गाउँपालिकामा सम्पन्न प्रमुख विकास तथा निर्माणका कामहरुः
१) थस्कौल मा वि भवन कोल्हवी १० मा १० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
२) माछागाउँ चौतरा निर्माण कोल्हवी ५ मा ५ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
३) छठघाट सडक ढलान कोल्हवी ६ मा २५ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
४) ब्रहमस्थान बाटो ढलान कोल्हवी ६ मा १५ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
५) पडरी थस्कौल सडक एवम कल्भर्ट कोल्हवी ९ र १० मा ५० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
६) भवलर अमाव पथरा बाटोमा ८० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
७) कृषि सडक धोधर्पा दक्षिण कोल्हवी ७ मा १० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
८) प्रगतिनगर गाउँ सडक ढलान कोल्हवी ४ मा ३५ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
०९) कट्टी कुमरगढी, अधनवा पिपरा बाटोमा ८० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१०) सखुअवा प्रसौना बाटोमा २० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
११) बैरियाघाट सखुअवा बाटोमा २० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१२) प्रसौना बजार बाट पिपरा सम्मको बाटोमा ५० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१३) थस्कौल गाउँ देखि गेडकाटी नडि सम्म बाटोमा ५० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१४) सपही मावि शौचालयमा १५ लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१५) खिलहा पैनी कुलो निर्माणमा ४० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१६) बरेवा, मुर्की तियर नडीमा होल पाईपमा २० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१७) बरेवा मुर्की बाटो ग्राभेलमा २० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१८) ककडी सखुअवा जुगवा बाटो कलभर्ट ग्राभेलमा ५० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
१९) पपरीया बगेवा बाटोमा ५० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
२०) सिहसानी गाउँ ढलान मा १० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
२१) सिहसानी टोकरी टोल बाटो निर्माणमा १० लाख बजेट दिई निर्माण सम्पन्न भएको छ ।
२२) प्रगतिनगर भवलर अमाव पथरा दौरामा ८ करोड ( क्रमागत योजना ) बजेट दिई निर्माणकार्य सुरु भईसकेको छ ।
अन्य कार्य
नेत्रोदय मावि निजगढ ७, गौरीशंकर मावि निजगढ ६, ८, सार्वजनिक मावि निजगढ ५, श्री ने रा मा वि निजगढ ११, जनता मावि ककडी प्रसौना कोल्हवी ६ र श्री ने रा नमुना मा वि कोल्हवी ४ सपहीलगाएतका विद्यालर्यमा साईकल वितरण गरेका थिए ।
यो विवरण प्रदेश मन्त्रालयबाट हामीलाई स्रोत्रले दिएका आधारमा लेखिएको हो । स्रोत्रका अनुसार यस भन्दाँ धेरै काम उनको अगुवाईमा भएको पुष्टी समेत गरेको छ ।