बसन्त लामा–सिगौल
बाराको निजगढ नगरपालिका वडा नम्बर ३ स्थित सिँचाइ कुलो पुरिदा स्थानीय किसान सिँचाइ सुविधाबाट बन्चित हुदै आएका छन ।
सिंगौलको बगर खोला नदीमा झोलुङ्गे पुल निर्माण गरेर नयाँ ट्रयाक खोल्ने क्रममा उक्त क्षेत्रमा सिचाई गर्दै आएको कुलो पुरिएपछि किसानले समस्या झेल्दै आएका हुन । पुल निर्माण सम्पन्न भएपछि कुलो पनि निर्माण गरिदिने उपभोक्ता समितिको आश्वसनपछि स्थानीयले कुलो मासेर पुल र सोको ट्याक खोल्ने सहमति दिएका थिए । तर झोलुङ्ग पुल निर्माण भएर सन्चालनमा आएको लामो समय बितिसक्दा पनि समितिले सर्त बमोजिम कुलो निर्माण नगरेकाले सिचाई सुविधाबाट बन्चित बन्नु परेको स्थानीय किसानको भनाइ छ ।
कुलो सरक्षण गरेर फेरि संचालनमा ल्याउन वडा सदश्य खडकबहादुर खुलाललगायत स्थानीय समाजसेवीहरुलाई पटकपटक जानकारी गराउदा कसैले पनि किसानको समस्यामा ध्यान नदिएको स्थानीय किसान सन्तोष जिम्बाले बताउनुभयो ।