निजगढ,
बारा क्षेत्र नम्बर १ मा नेकपा एमाले र जसपा नेपालको तालमेलबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बन्नुभएका नेकपा एमालेका पोलिटब्युरो सदस्य अच्युत मैनालीको जन्म २०२२ असार ९ गते काभ्रे जिल्ला हालको रोशी गाउँपालिका थानसिङमा भएको हो । उहाँ स्वर्गीय नन्दिकेशर मैनाली र भवानीदेबीको जेष्ठ सुपुत्र हुनुहुन्छ ।
मैनालीले कानुन शास्त्रमा स्तानक र समाजशास्त्र र राजनीति शास्त्रमा स्नाकोत्तर तहसम्मको अध्ययन पुरा गर्नुभएको छ । मैनाली हाल बारा जिल्लाको कोल्हवी नगरपालिका– १ का स्थायी वासिन्दा हुनुहुन्छ ।
राजनीतिक यात्रा
मैनालीको राजनीतिक जीवन १३ वर्षको किशोर अवस्थाबाट सुरु भएको हो । २०३५ सालको विद्यार्थी अन्दोलनमा सक्रिय सहभागी मैनाली २०४६ र २०६२÷९६४ सालको जनअन्दोलनमा पनि निरन्तर सहभागी हुनुभयो । यसबीचमा पटक पटक गिरफ्तारीमा समेत पर्नुभएका मैनालीले २ वर्षसम्मको जेल जीवन समेत बिताउनुभएको छ । उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग काठमाण्डौंमा केही समयसंगै जेल जीवन बिताउनुभएको थियो ।
२०३६ सालमा नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट राजनीतिमा प्रवेश गर्नुभएका मैनाली तत्कालिन नेपाल मजदुर किसान संगठनमा अवद्ध हुनुहुन्थ्यो ।
२०४१ देखि २०४४ सम्म २ पटकसम्म अनेरास्ववियु बारा जिल्ला कमिटीको अध्यक्षको जिम्मेवारी कुशलतापूर्वक सम्हाल्नुभएका मैनाली २०४५ मा काठमाण्डौंस्थित नेपाल ल क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित हुनुभएको थियो ।
२०४४ सालमा तत्कालिन नेपाल कम्युनिष्ट पार्टी मालेको संघठित पार्टी सदस्यता प्राप्त गर्नुभएका मैनालीले ०४७ सालदेखि बारा जिल्ला कमिटीमा रहेर पार्टीको जिम्मेवारी पुरा गर्दै आउनुभएको थियो । २०५५ सालमा एमाले बाराको जिल्ला कमिटी सचिव मनोनित हुनुभएका मैनाली २०६५ सम्मसम्म जिल्ला सचिवको जिम्मेवारी निर्वाह गर्नुभएको थियो । २०६५ सालमा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य निर्वाचित हुनुभयो र २०७० सालसम्म बारा जिल्ला ईन्चार्जको जिम्मेबारी प्राप्त गर्नुभएको थियो । हाल उहाँ नेकपा एमाले पोलिटब्युरो सदस्य तथा मधेस प्रदेश सहईन्चार्ज हुनुहुन्छ ।
एमाले अध्यक्ष केपी ओली ०७४ सालमा प्रधानमन्त्री हुँदा उहाँ प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा समेत नियुक्र हुनुभयो ।
तत्कालीन कोल्हवी गाविसको २०४९ मा उपाध्यक्षमा निर्वाचित भएर सोही साल जिविस बाराको सदस्य समेत निर्वाचित हुनुभएको थियो ।
चार दशकदेखि राजनीतिको अनवरत यात्रामा रहनुभएका मैनाली यस क्षेत्रका शान्त, सरल र पार्टी नेतृत्वसंग नजिकको पह“ुच राख्ने नेताका रुपमा चिनिनुहुन्छ |