स्थानिय तहका महिला जनप्रतिनिधिहरुको लागि नेतृत्व सीप विकास प्रशिक्षण ३ दिन कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
निजगढ नगरपालिकामा रहेका महिला जनप्रतिनिधिहरुलाई नेतृत्व सीप बिकास प्रशिक्षण नगरपालिकाको सभाहलमा भएको सो कार्यक्रम हिजो शुक्रबार सम्पन्न भएको हो |
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय संघिय बिकास प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा निजगढ नगरपालिकाको समन्वयमा प्रशिक्षण सम्पन्न भएको हो | गत बुधबार निजगढ नगर प्रमुख सुरथ पुरीले उद्घाटन गर्नु भएको सो प्रशिक्षण कार्यक्रममा प्रतिष्ठानका प्रशिक्षण संयोजक जय सिंह शाह, सहजकर्ता चन्चला अधिकारी र कर्मचारी योगमाया सापकोटाले निजगढ नगरपालिकाको महिला कार्यपालिका सदस्य र महिला वडा सदस्यको सहभागिता रहेको थियो |
स्थानीय तहको महिला जनप्रतिनिधिहरुलाई आफ्नो काम कर्तव्य र अधिकारको साथै व्यक्तिगत नेतृत्व बिकास सम्बन्धि तालिम दिईएको थियो | आफु निर्वाचित भएर आएपछि अन्य सस्थाले पनि तालिम दिइएकोमा यसपटकको तालिमबाट धेरै सिकाई र ग्यान हासिल गरेको निजगढ नगरपालिका वडा न ६ का वडा सदस्य आशा श्रेष्ठले बताउनुभएको छ |
आफु पनि महिला जनप्रतिनिधि भएर काम गरेको पहिलो अनुभव भएको साथै नगरपालिकामा रहेका अन्य महिला जनप्रतिनिधिले समेत आफु वडा सदस्य भएर गर्नुपर्ने काम कर्तव्य र अधिकारको बारेमा सामान्य ग्यान समेत नभएको महशुश गर्दै आफुले तालिमको लागि प्रतिष्ठानमा पहल गरेर ल्याएको उप प्रमुख सोम माया थिंगले बताउनुभएको छ | तीनदिन सम्म दैनिक ८ घण्टा संचालन भएको तालिमबाट धेरै कुरा सिक्न सफल भएको वडा सदस्य वबिता श्रेष्ठले बताउनु भएको छ | तालिमको समापनमा सम्बोधन गर्दै उप प्रमुख थिंगले सबै जनप्रतिनिधिले ३ दिनमा सिकेको कुरालाई व्यवहारमा लागु गर्न अनुरोध गर्दै काम गर्दा महिला जनप्रतिनिधिहरुलाई कुनै समस्या परेमा आफुले सहयोग गर्ने सामेत बताउनुभएको छ |