धनगढी । कैलालीमा एक महिला मृत फेला परेकी छन् । बिहीबार घोडाघोडी नगरपालिका ५ सरैयाकी बेलुवापुर) की ५५ वर्षीया हिरादेवी साउद मृत फेला परेको प्रहरीले जनाएको छ।
साउदको शव सोही ठाउँको कान्द्रा नदीमा ढलेको रूख हाँगामा घोप्टो परि अड्किएको अवस्था मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह गुरूले जानकारी दिए ।


शवको सेती प्रादेशिक अस्पतालमा पोष्टमार्टमपश्चात् उनका श्रीमानले दाहसंस्कारका लागि लगिसकेको उनले बताए।
यो भिडियो पनि हेरौ
















