पुर्व पश्चिम राजमार्गको निजगढ नगरपालिकामा ट्याङकरको ठक्करबाट कलैया उपमहानगरपालिका वडा १२का महाराज शाह कानु घाइते भएका छन।
साथीहरु मिलेर रिर्जभ गरेको ना ४ ख १९५१ नम्बरको बसबाट जल भर्न सर्लाहीको बागमतितर्फ जार्दै गरेको अवस्थामा फलफूल किन्न भनेर बसबाट ओर्लेका साहलाई पूर्वबाट पश्चिम जादै गरेको यु पि ७२ बि टि ०८५९ नम्बरको भारतीय तेल ट्याङकरले निजगढस्थित बुद्ध चोकमा ठक्कर दिएको थियो । काटँघाँटस्थि सहजनाथ महादेव मन्दिरमा शिवरात्री पर्व मनाउने क्रममा बागमती नदीबाट जल भर्न भनेर हिडेका तीर्थयात्री साह घाइते बनेको ईलाका प्रहरी कार्यालय निजगढका प्रमुख प्रहरी निरीक्षक सन्जिव ओलिले जानकारी दिनुभयो ।
खुट्टा र टाउकोमा चोट लागेका साहलाई थप उपचारको हाल न्युरो अस्पताल वीरगन्जमा पठाइएको प्रहरीले जनाएको छ ।
मेयर उप-मेयरले तत्काल घाईतेलाई उपचार गर्न अस्पताल लगे
घाइते कलैया उपमहानगरपालिका वडा १२ सितरपुरका वर्ष ६८ का महाराज साह कानुलाई निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गसहितको टालीले तत्काल उद्धार गरेर एम्बुलेन्समार्फत उपचारको लागि अस्पताल पुर्याएको थियो । नगरपालिकको काममा रतनपुरतर्फ जादै गरेका निजगढका मेयर पुरी र उपमेयर थिङ्गको टोलीले घाइते साहलाई एम्बुलेन्समा राखेर उपचारको लागि निजगढ सामुदायिक अस्पताल पुर्याएको थियो ।