निजगढ नगरपालिकास्थित पूर्वपश्चिम राजमार्गमा भारतीय नम्बर प्लेटको ट्याङकरको ठक्करबाट घाइते बनेका तीर्थयात्रीको मृत्यु भएको छ ।
ट्याङकरको ठक्करबाट गंम्भीर घाइते बनेका कलैया उपमहानगरपालिका वडा १२ सितरपुरका वर्ष ६८ का महाराज साह कानुको हिजो राति ८ बजे उपचारको क्रममा न्युरो अस्पताल वीरगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सन्जीव ओलीले जानकारी दिनुभयो ।
गाउँका साथीहरु मिलेर रिर्जभ गरेको ना ४ ख १९५१ नम्बरको बसबाट जल भर्न सर्लाहीको बागमतितर्फ जार्दै गरेको अवस्थामा बसबाट ओर्लेर फलफूल किन्न जादै गरेको अवस्थामा सडक पार गर्ने क्रममा साहलाई पूर्वबाट पश्चिम जादै गरेको यु पि ७२ बि टि ०८५९ नम्बरको भारतीय तेल ट्याङकरले निजगढस्थित बुद्ध चोकमा ठक्कर दिएको थियो ।
नगरपालिकको काममा रतनपुरतर्फ जादै गरेका निजगढका मेयर पुरी र उपमेयर थिङ्गको टोलीले घाइते साहलाई एम्बुलेन्समा राखेर उपचारको लागि निजगढ सामुदायिक अस्पताल पुर्याएको थियो । खुट्टा र टाउकोमा चोट लागेका साहको सामुदायिक अस्पताल निजगढबाट थप उपचारको वीरगन्जमा पठाइएको थियो । ट्यांकर चालकलाई भने प्रहरीले हिजै नियन्त्रणमा लिएको छ ।