निजगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएका उपसचिव राजमणी बुधबार कार्यालयमा हाजिरी भएका छन । प्रमुख प्रशासकीय अधिकृत निरौलालाई निमित्त प्रमुख प्रशासकीय अधिकृत शिव देवकोटासहित कर्मचारीहरुले कार्यालयमा फूलमाला लगाएर स्वागत गरेका थिए ।
मन्त्रालयले फाल्गुन ३ गतेको निर्णयअनुसार संघीय मामला तथा स्थानीय विकास मन्त्रालयमा कार्यरत उपसचिव निरौलालाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्ने गरी निजगढ खटाएको हो । मन्त्रालयको आधिकारिक वेभसाइटमा निरौलाको निजगढ सरुवा बारे जानकारी गराएको थियो र आजेै वहाँ हाजिर पनि गर्नु भएको छ ।
यस अघिका निजगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन धितालको सरुवा भएको छ ।
निरौलाको हाजिर पछि कर्मचारी र जनप्रतिनिधिसित परिचायत्मक कार्यक्रम सम्पन्न भएको छ । नगर प्रमुखको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण रबिन घिमिरे गरेका थिए भने नगर जनप्रतिनिधिको तर्फबाट नगर प्रमुखले र कर्मचारीको तर्फबाट लेखा अधिकृत शिव देवकोटाले फुलको गुच्छा दिएर स्वागत गरेका थिए ।
कार्यक्रममा बोल्दै निरौलाले नगरलाई अझै सुदृढ र सहज ढंगबाट लैजाने बताउनु भएको छ ।