बाराको निजगढ नगरपालिका वडा नं ५ स्थित जनजागृति सुन्दर सामुदायिक वन उपभोक्त समुहको अध्यक्षमा जयप्रसाद ढुङ्गाना हुनु भएकोछ ।
समुहको हिजो भएको आम उपभोक्ताको भेलाले जयप्रसाद ढुङ्गानाको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमितिको उपाध्यषमा शर्मिला विक, सचिव इश्वरी खडका, कोषाध्यक्ष नारायण लामिछाने, सहसचिव सुष्मिता बस्नेत र सदस्यहरुमा घनश्याम तिमल्सिना, चक्रप्रसाद चौलागाई, सीताराम अर्याल, पूर्णबहादुर चौलागाई, तिलकुमारी गेलाल, ताराकुमारी त्रिपाठी, संगिता थापा मगर, इन्दिराकुमारी पौडेल, पूर्णकुमारी थापा मगर, टिका अधिकारी, रोमकुमारी राना, राधिका गौतम रहनुभएको छ ।
त्यतै भेलाले मेघराज तिमल्सिनाको संयोजकत्वमा शेषप्रसाद गौतम र तुलसी राज कडेल सदस्य रहेको लेखा समिति गठन गरेको छ ।लामो समय देखि स्थानीय राजनीतिक दलको सहमतिमा नयाँ कार्यसमिति गठन गर्न नसकेपछि बोलाइएको आम उपभोक्ताहरुको भेलाबाट सहमतिको आधारमा नयाँ कार्यसमिति चयन भएको वन समुहका पूर्वअध्यक्ष एंव निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर मगरले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुलाई सामुदायिक वन उपभोक्ता महासंघ बारा जिल्ला अध्यक्ष एवंम निर्वाचन मण्डलका संयोजक रामजी बजगाईले पद तथा गोपनीयताको सपथ दिलाउनुभएको थियो ।