मिटर ब्याजविरुद्ध महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर पीडितहरू हिजो ११औँ दिन काठमाडौं पुगेका छन् ।
बर्दिवासबाट पैदल हिँडेका ७२ जनाको टोली काठमाण्डौको मातातीर्थ पुगेको हो । मिटरब्याज पीडितहरुको टोली बर्दिवासबाट निजगढ हुदै हिजो काठमाण्डौं पुगेको हो । मिटर ब्याजविरुद्धको सङ्घर्ष समिति नेपालको आयोजनामा उनीहरूले विरोधस्वरूप पैदल हिँडेका हुन् । गाउँ–गाउँबाट आएका पीडितहरूले ¥यालीसँगै नाराबाजी गर्दै हिँडिरहेका थिए । मिटरब्याजी साहुले दुःख दिन थालेकाले महोत्तरीका मिटर ब्याज पीडित चैत २ गते काठमाण्डौका लागि हिँडेका थिए ।
आजदेखि काठमाण्डौंको माइतीघर मण्डलामा पुगेर विरोध प्रदर्शन गर्ने तयारी रहेको सङ्घर्ष समितिले जनाएको छ ।