बारा क्षेत्र नं.२ मा आगामी १० गते हुने निर्वाचनमा मतदाता आकर्षित गर्न उमेदवारसँगै पार्टीहरुले उत्साहका साथ आफ्ना गतीविधि बढाएका छन् । टोलभेला, घरदैलो, क्षेत्रीय भेलासँगै उमेदवारहरु खेत खेतमा पगेर आफ्ना मतदातालाई फकाईरहेका छन् ।
जनता समाजवादी पार्टी(जसपा), नेकपा एमाले, जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र आम जनता पार्टी लगायत अन्य सव्तन्त्र उमेद्वार सहित ३४ जनाले क्षेत्र नं.२मा भब्य चुनावी तयारी गरेका छन् ।
यस पटक दलहरुले चुनावलाई प्रतिष्ठा बनाएका छन् । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीले केन्द्रिय अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री समेत रहेका उपेन्द्र यादवलाई उमेदवार बनाएको छ । यसअघि सोही पार्टीका रामसहाय प्रसाद यादवले नेकपा एमालेको सहयोगमा यस क्षेत्रबाट प्रतिनिधिसभासभा सदस्यमा चुनाव जितेका थिए । उनी उपराष्ट्रपती बनेपछी यहाँ उपचुनाव हुन लागेको हो । जसपाले नै जितेकाले यसपटक जसपाकै उमेदवार यादवले सहजै चुनाव जित्ने अनुमान गरिएपनि उनलाई त्यति सजिलो भने छैन ।
जसपा अध्यक्ष यहाँका बासिन्दा नभएका कारण र जनमतका सिके राउतका कारणले उनलाई तेति सहज भने छैन । यता आगन्तुक उमेदवारलाई भोट दिन नहुने मत बलियो छ । यसअघि उनकै पार्टीले पटक –पटक जितेपनि यस क्षेत्रका जनतामा समस्या धेरै रहेको सडकबाटो राम्रो नभएको , शिक्षामा गुणस्तर नभएको , कृषिमा सिचाईको र मलको व्यवस्था हुन नसकेको यादव आफैले स्विकारेका छन ।
यता नेकपा एमालेले पूर्व यूवा तथा खेलकुद मन्त्री पुरुषोत्तम् पौडेललाई उठाएको छ । उनी यस क्षेत्रका लागि प्रभावशाली नेता मानिन्छन् । एमाले पोलिटब्युरो सदस्य एवं मधेश प्रदेश सहईन्चाज पौडेलले को यस क्षेत्रमा आफ्नै खालको क्रेज छ । उनको जितका लागि एमालले कुनै कसर बाँकी राख्ने देखिँदैन ।
जनताले आफ्नो सामुन्ने काम गरेको, दुख सुखमा साथ दिएको संस्कृती परम्परा बुझेको प्रतिनिधी रोज्ने बताउनुहुन्छ । अन्य क्षेत्रका जनताले अस्विकार गरेका र यसै क्षेत्रमा पनि भर्खरैको चुनाबमा ५ बर्ष घरमा बस भनेर जनताले नै भन्दा समेत अटेरी गरी पुन चुनाब लडन आएकले जनताले तेस्ता आगन्तुकलाई मत नदिने पौडेल बताउनु हुन्छ । आफु सधै जनताको माझमै रहेको र जनताको हरेक समस्यामा साथ दिने भएकाले जनताले नेकपा एमालेलाई भोट दिने पौडेल बताउनु हुन्छ ।
२०४८ र २०५६ मा एमाले जितेको क्षेत्र भएकाले एमाले यहाँ बलियो नै मानिन्छ । पौडेललाई चुनावी अभियानलाई उर्जादिन केहि समय अघि एमाले अध्यक्ष केपी शर्मा ओली बारा आएका थिए । पौडेललाई जिताउन अच्युत मैनाली, ज्वाला कुमारी साह, रघुविर महासेठ लगायतका संघिय साँसदहरु पौडेल जिताउ अभियानमा सक्रिय बनेका छन् ।
यसैगरी नेकपा माओवादीका पूर्व नेता शिवचन्द्र कुशवाह हाल जनमत पार्टीका उमेदवार हुन् । उनी यस क्षेत्रका प्रभावशी ब्यक्तीका रुपमा परिचित छन् । गत मंसिरको निर्वाचनमा यस क्षेमा ३५४ मते उपराष्ट्रपती रामसहाय प्रसाद यादवसँग पराजित भएका थिए । उनी यसपटक मंसिरको हारको बदला लिन चाहन्छन् । उनलाई कुनै हाललमा जिताउन जनमत पार्टीका अध्यक्ष सिके राउत समेत क्षेत्रमै खटि, लागि परेका छन् । बिषेश गरी उपेन्द्र यादव र सिके राउतको द्व्दको कारण पुन शिवचन्द्र कुशवाह उठेको यहाँका स्थानिय जानकारहरु बताउछन । आफुलाई जनताले माया गर्ने र बाहरियालाई मत नदिने उनि बताउछन ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले एकको बदला ३ भन्दै चुनावी माहोल बनाउँदै लगेका छन् । उनी आफ्ना उमेदवार पूर्व डिआजी रमेश खरेललाई जिताउन चाहन्छन् ।
बारा क्षेत्र नं.२ को निर्वाचन त्रिपक्षीय चौपक्षीय बन्दै गएपनि मूख्य गरी जसपा उमेदवार यादव, एमालेका पौडेल र जनमत पार्टीका उमेदवार कुशवाह विच मुख्य प्रतिश्पर्धा हुने आँकलन भैरहेको क्षेत्र नं.२का स्थानिय रामसुरथ विश्वकर्मा बताए । उनका अनुसार हामीले धेरै पटक भोट हालेर जिताएर पठायौ तर आफ्नो गाँउको बिकासको लागी कसैले केहि नगरेको उनले गुनासो साथै निरासा पनि पोखे ।