रौतहट, १७ बैशाख /
प्रभु बैंक लिमिटेड, चन्द्रनिगाहपुर शाखाले स्वास्थ्य शिविरमा सहकार्य गरेको छ । बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई बहन गर्दै नेपाली सेनाले आयोजना गरेको स्वास्थ्य शिविरमा आफ्नो सहकार्य गरेको हो ।
बैंकको चन्द्रपुर शाखाका म्यानेजर राजेश पोखरेलका अनुसार प्रभु बैंक सदैव सामाजिक कार्यमा अग्रसरता देखाउँदै सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको बताए । उनले प्रभु बैंकले यसअघि पनि सामाजिक कार्यहरु गर्दै आइरहेको जनाउँदै नेपाली सेनाको स्वास्थ्य शिविरमा पनि बैंकले सहकार्य गर्दै शिविरलाई सफल बनाउन भूमिका खेल्न पाएकोमा खुसी व्यक्त गरे ।
‘नागरिकलाई हित हुने सामाजिक कार्यमा हाम्रो बैंकको सदैव चासो र सहभागिता हुन्छ’ उनले भने, ‘स्वास्थ्य शिविरमा पनि सहभागिता जनाएर नागरिकहरुलाई सेवा प्रदान गर्न पाएकोमा हामी निकै खुसी छौं । यसलाई हामी निरन्तरता दिन्छौं ।
चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ति आधारभुत विधालय मोतिपुरमा भएको स्वास्थ्य शिविरमा ७ सय १४ जनाले निशुल्क स्वास्थ्य परिक्षण र औषधि वितरण गरिएको आयोजकले जनाएको छ ।