बाराको निजगढबाट झुटा विवरणको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र लिने निजगढका ३ जना भारतीयलाई प्रहरीले पक्राउ गरेपछि निजगढमा तीव्र आलोचना भएपछि निजगढमा विरोध स्वरुप सडकमा प्रदेशन गिरएको छ। राप्रपाका कार्यकर्ताहरुले पूर्वपच्चिम राजमार्गमा भेला भएर र्याली सहित प्रदर्शन गरेका हुन ।
र्यालीमा सहभागीहरुले भ्रष्टचारीमाथि कारबाही गर्नुपर्ने भन्दै गणतन्त्रको पनि खरेज हुनुपर्ने माग गरेका थिए ।
राप्रपा निजगढ नगरले गरेको विरोध कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य विनोद भारतीले निजगढबाट लिएको ३ जना भारतीय नागरिक वाहिर आएतापनि यस्ता अन्य पनि रहेको र प्रशासनले पहिचन गरि छिटै कारर्वाही गर्नु पर्ने बताउनु भएकोछ । विरोध कार्यक्रममा बोल्दै भारतीले नागरिकाता लिने मात्र हैन नागरिकाता लिन सहयोग गर्नेलाई पनि कारर्वाही गर्नु पर्ने बताउनु भयो ।
तेस्तै केहि समय अघि निजगढ १२बाट भारतकी रजनी राईले लिएको र नागरिकाता लिन सहयोग गर्ने जनप्रतिनिधीलाई हाल सम्म कुनै कारर्वाही नगरेकोमा दुखद रहेको राष्ट्रीय प्रजातन्त्र पार्टीका निजगढ नगर अध्यक्ष खडग प्रसाद उप्रेतीले बताउनु भयो ।
झुटो विवरण तयार पारेर तत्कालिन गाविस कार्यालयको निजगढको सिफारिसमा जिल्ला प्रशासन कार्यालयबाट नेपाली नागरिकता लिने ३ जना भारतीय नागरिकलाई काठमाण्डौंबाट पक्राउ परेपछि सिफारिसकर्ता माथि कारबाहीको हुन थालेको हो ।
थप यो पनि
३ जना भारतीय नागरिकले निजगढबाट नेपाली नागरिकताको प्रमाणपत्र लिएको घटनामा कार्वाहीको माग