पथलैया बिरगन्ज एशियन राजमार्गमा जथाभावी कर उठाउने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कवाडी करका ठेकदारहरुले जथाभावी कर उठाउदै ट्रक ब्यबसायीलाई दुःख दिएपछि उनीहरु पक्राउ परेका हुन ।
पक्राउ पर्नेमा परवानीपुरका सुरज गुप्ता, चन्दन गुप्ता, पप्पु गुप्ता र श्रीकान्त पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले बताउनु भयो । राजमार्गमा बसेर खाली र ग्यास पेट्रोल डिजलका ट्रयाङकरहरुलाई समेत रोकी अबैधरुपमा रकम संकलन भई रहेको सुचनाका आधार प्रहरीले रकम संकलन गरी रहेको ठेली सहित उनीहरुलाई पक्राउ गरेको हो ।
श्री एच.एण्ड जे ट्रेडर्स परवानीपुरले जीतपुरसिमराको दुइ करोड ५६ लाखमा र परवानीपुरमा २१ लाखमा जडीबुटी, कवाडी तथा जीवजन्तु कर ठेक्का सकार गरी सबै खाली तथा समान नभएका ट्रकहरुलाई समेत अबैध कर उठाएपछि एकातर्फ राजमार्गमा अबरोध पुगेको छ भने अर्को तर्फ ब्यबसायीहरु मारमा परेका छन ।
पोखराबाट कवाडी सामाग्री लिएर आएका धादिङ घर भएका ग १ ख ९८४४ का चालक सुर्य सोनारले चितवन, मकवानपुर र बारामा गरी तीन ठाउमा एउटै बस्तुको कवाडी कर तिर्नु परेको बताउदै नदिए सडकमै गाली गलौज र मारपिट हुने गरेको बताए ।
जीतपुरसिमरा २३ का वडाअध्यक्ष मुस्तफिक अन्सारीले पटक पटक आफुले ठेक्का भन्दा गलत तबरले रकम नलिन भनेपनि ठेकदारले नमानेको बताए । आफनो वडामा भएको यस्तो गलत कार्यको जानकारी प्रहरीमा गराएको अन्सारीले बताए ।
जीतपुरसिमराका नगरप्रमुख राजन पौडेलले राजमार्गमा बसेर कवाडी कर उठाउन अनुमति नदिएको बताउनु भयो । स्थानीय सरकार सञ्चालन ऐनको परिधि र अधिकारमा रहेर ठेक्का लगाएको पौडेलले बताउदै ठेक्काको नियम र शर्तमा बसरे काम नगरे कारवाही हुने बताउनु भयो ।
परवानीपुर गाँउपालिका प्रमुख रामक्षेत्री प्रसाद कुर्मीले कवाडी करको नाममा ठेकदार कम्पनिले एलपिजी ग्यास ट्रयाङकरसग कर उठाउन आफुहरुले अनुमति नदिएपनि बिलमै राखेर रकम उठाएकोले बिलनै नक्कली भएको बताए । राजमार्गमा बसेर रकम उठाउनु गलत भएको उनले बताए ।
कवाडी करको नाममा प्रत्येक मालवाहक र खाली गाडीसँग रकम उठाएको विषयमा उजुरी आएपछि उपमहानगरमा स्थानिय प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई कारवाहीको लागि पत्र पठाएको जनाएका्े छ ।
गत भदौ १७ गते उपमहानगरले प्रशासनलाई पत्र पठाएर मापदण्ड विपरित कर असुली गरेको गुनासो आएकाले सम्झौता कार्यन्वयनका लागि आवश्यक सहयोग तथा सहजीकरण गर्न अनुरोध गरेको थियो । स्थानिय प्रशासनलाई गरेको अनुरोधमा प्रहरी,प्रशासनले कारवाहीका लागि चासो नदेखाएपछि उपमहानगर पुनं कार्तिक २२ गते सम्वन्धित ठेक्का कम्पनिलाई निर्देशन कार्यन्वयन गर्न आदेश दिएको भएपनि ठेकदारले अटेर गर्दै आएको छ ।
ठेकदार कम्पनिले बाटो छेकी जर्बरजस्ती नियम विपरित रकम असुली गरेको सम्वन्धमा उजुरी परेकोले के कसो भएको हो ३ दिनभित्र लिखित जवाफ पेश गर्न उपमहानगरले पत्र समेत काटेपनि रकम उठाउदै आएपछि प्रहरीले पक्राउ गरेको हो ।