बाराको पचरौता नगरपालिको १० औं नगरसभा सम्पन्न आज सम्पन्न भएको छ ।
नगरपालिकाको नगर सभाको १०औं अधिवेशनको प्रथम बैठक पचरौता नगरपालिकाका प्रमुख तथा नगर सभाका अध्यक्ष श्री जलन्धर सिंहको अध्यक्षतामा नगर कार्यपालिकाको कार्यालय पचरौताको सभाहलमा सम्पन्न भएको छ । बैठकमा पचरौता नगरपालिकाकी उपप्रमुख तथा नगर सभाकी उपाध्यक्ष नसिमा खातुन रहनु भएको थियो भने पचरौता नगरपालिकाको आगामी आ.ब. २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेट, पचरौता नगरपालिकाको विनियोजन विधेयक, २०८० र पचरौता नगरपालिकाको आर्थिक विधेयक, २०८० छलफलका लागि पचरौता नगरपालिकाका वडा नं ५ का वडा अध्यक्ष लक्ष्मी यादवले वाचन गर्नुभएको थियो ।
वडा अध्यक्ष यादवले पचरौताको विकासको लागि स्वास्थ्य, शिक्षा, कृषि, शिक्षा, खानेपानी, सिँचाइ र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर ५१ करोड ८८ लाख ६० हजार ७ सय बराबरको बजेट ल्याउन लागिएको प्रेसचित्र डटकमलाई जानकारी दिनुभयो ।
कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गौरी साह, नगर सभाका सदस्यहरु, नगर कार्यपालिकाको कार्यालय, पचरौतामा कार्यरत कर्मचारीहरु समेतको उपस्थिति रहेको थियो ।