रौतहट । रौतहटका विभिन्न स्थानहरुबाट विद्युतीय ट्रान्सफर्म चोरी गरेको अभियोगमा चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गरुडा नगरपालिका-६ पोठियाही बस्ने ४२ वर्षीय अशोक साह, कटहिया नगरपालिका-१ भसेढवा बस्ने ४६ वर्षीय रामलाल महतो, सोही ठाउँ बस्ने ३६ वर्षीय बिरेन्द्र राय र ३७ वर्षीय सुखल महतो रहेका छन् ।
रौतहटका विभिन्न स्थानहरूका ट्रान्सफर्मरहरुबाट तार लगायतका सामान चोरी गरेको घटना अनुसन्धानको क्रममा खटिएको प्रहरीले गरुडा नगरपालिका-४ स्थित कवारबाट तामाको चुडी १ सय ७५ किलो ७ सय ग्राम, तामाको क्वाईल १ सय २९ किलो ३०० ग्राम, खुल्ला तामाको तार ७१ किलोग्राम बरामद उनीहरुलाई पक्राउ गरेको हो । साथै उनीहरूबाट मोटरसाइकल २ थान, १ थान स्कुटर र मोबाइल ४ थान समेत प्रहरीले बरामद गरेको छ ।
पक्राउ परेकाहरु बाट स्प्रिङ जस्तो बटारिएको अवस्थामा रहेको तामाको चुडी -१५ थान र १ सय ७५ किलो ७ सय ग्राम , बिभिन्न आकारको तामाको क्वाईल रोल – १५ थान १ सय २९ केलो ३ सय ग्राम , खुल्ला तामाको तार ७१ किलो र बा.८२ प १२६३ नंम्वर.को स्कुटर र आइफोन १ थान, रामलाल महतोको बा.२६ प ७९५२ नंम्वरको मोटरसाइकल र लाभा कम्पनिको मोवाईल , सुखल महतोको साथबाट बिआर ३० जे २१९६ नम्वरको मोटरसाइकल र मोवाईल, बिरेन्द्र रायको साथबाट कलर्स कम्पनिको मोवाईल १ थान बरामद भएको छ ।
उनीहरू उपर जिल्ला अदालत रौतहटबाट चोरी सम्बन्धी कसूरमा म्याद थप गरी आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न हाल फरार अन्य व्यक्तिहरूको प्रहरीले खोजी गरिरहेको छ ।