सशस्त्र प्रहरी बल,नेपाल विपद व्यवस्थापन वेश निजगढ द्वारा शंकास्पद बिलबिजक भएको १७ लाखभन्दा बढीको ईलेक्ट्रोनिक सामान बरामद गरेको छ ।
प्रहरीले जिल्लाको निजगढ नगरपालिका– ८ स्थित पूर्व–पश्चिम राजमार्गको बकैया पुल ईलाकाबाट १७ लाख ६६ हजार ८ सय ३८ रुपैयाँ बराबरको ईलेक्ट्रोनिक सामान बरामद गरेको हो । विपद् व्यवस्थापन सुरक्षा बेस निजगढले सो मूल्य बराबरको १६ वटा कार्टुन ईलेक्ट्रोनिक सामान बरामद गरेको जनाएको छ ।
महोत्तरीबाट काठमाडौंतर्फ जाँदै गरेको प्रदेश ३–०१–००६ ख ०७४४ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा ईलेक्ट्रोनिक सामानको बिलबिजक शंकास्पद देखिएपछि बरामद गरिएको हो । बरामद ईलेक्ट्रोनिक सामान राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको नायब प्रहरी उपरीक्षक देबेन्द्र थापाले बताउनु भयो ।