काठमाडौं । देशको राजधानी काठमाडौं महानगरपालिका-१४ कलंकी डेरा गरी बस्ने मकवानपुर घर भएका बिदुर तामाङको कोठामा जुवातास खेलिरहेको अवस्थामा बारा तिलुया नगरपालिका-१४ घर भई काठमाडौं कलंकी बस्ने ५० वर्षीय पूर्ण बहादुर कार्कीसमेत ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार १ सय ३० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।