पाल्पा । अविरल वर्षाका कारण पाल्पामा घर भत्किँदा आज बिहान एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा तानसेन नगरपालिका–१० कैलासनगरका नारायण दर्जीकी १० वर्षीया छोरी नैना दर्जी रहेको प्रहरीले जनाएको छ ।
पाल्पा प्रहरीका अनुसार, वर्षाका कारण गएराति साढे २ बजेको समयमा एक तल्ले कच्ची घरमा सुतिरहेकी नैनालाई घरको पछाडी तर्फको गारो भत्किएर च्यापेको थियो । गम्भीर घाइते भएकी बालिकाको युनाईटेड मिशन अस्पतालमा मृत्यु भएको हो ।