निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले हिजो निजगढ नगरपालिकाकाका सामुदायिक विद्यालयका शिक्षक र नर्सहरुलाई १ दिने आँखा स्वस्थ्य सम्बन्धि तालिम प्रदान गरेको छ ।
तालिममा निजगढ नगरपालिकका २८ जना शिक्षक र स्कुल नर्सहरुको सहभागीता रहेको निजगढ तिलगंगा आँखा अस्पतालका दिपक सुवेदीले जानकारी दिनुभयो । उहाँअनुसार सहभागीहरुलाई तिलगंगा आँखा अस्पतालका बरिष्ट नेत्र विशेषज्ञ एवंम परियोजना अधिकृत नविन राजवंशी र हेटौडा आँखा अस्पतालका नेत्र विशेषज्ञ कृष्णराज ढुङ्गानाले तालिम दिनुभएको थियो ।
निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले सोमबार पनि बाराको कोल्हबी र रौतहटको चन्द्रपुर नगरपालिकाकाका सामुदायिक विद्यालयका शिक्षक र नर्सहरुलाई १ दिने आँखा स्वस्थ्य सम्बन्धि तालिम प्रदान गरेको थियो । तालिममा दुबै नगरपालिकका १५-१५ गरी ३० जना शिक्षक र नर्सलाई आँखा स्वास्थ्य शिक्षा प्रदान गरिएको निजगढ तिलगंगा आँखा अस्पतालका दिपक सुवेदीले जानकारी दिनुभयो ।
उहाँअनुसार सहभागीहरुलाई तिलगंगा आँखा अस्पतालका बरिष्ट नेत्र विशेषज्ञ नेत्र राजवंशी र हेटौडा आँखा अस्पतालका नेत्र विशेषज्ञ कृष्णराज ढुङ्गानाले तालिम दिनुभएको थियो ।