बाराको निजगढ–रतनपुर सडक खण्ड अन्तर्गतको लाल पार्क नजिकको सडकमा अटो पल्टिदा हिजो अटोमा सवार ४ जनासहित ५ जना घाईते भएका छन ।
दुर्घटनामा अटो चालक निजगढ नगरपालिका वडा नम्बर १० लाल निवासी वर्ष अन्दाजी ३७ का रामकृष्ण श्रेष्ठ, उनका १० बर्षिय छोरा रिसब श्रेष्ठ, मनिषा न्यौपाने, निशा लामा र निजगढ वडा नं ९ निवासी वर्ष २५ को प्रशान्त क्षेत्री रहेका छन । निजगढबाट लाल गाउँ जाने क्रम श्रेष्ठले चलाएको मधेस प्रदेश ०३–००१ ह १२७७ नम्बरको अटोले सडक किनारमा प्रशान्तले रोकिराखेको मधेस प्र–२०३–०२१ प ५४२३ नम्बरको मोटरसाईकल जोगाउने क्रममा दिउसो ४ बजे अटो पल्टिएर दुघर्टना भएको हो ।
आफ्नो छोरालाई मोटरसाइकलमा छोडेर प्रशान्त पिसाव फेर्न गएका थिए । सोही समयमा मोटरसाइकल र त्यसमा रहेका बालकलाई जोगाउने क्रममा टेम्पु अनियन्त्रित बनेर सडक छेउमा पल्टदा टेम्पुमा सवार यात्रु र मोटरसाइकल चालक प्रशान्त घाइते बनेका थिए ।
दुर्घटनामा घाइते सबैको उपचारको लागि निजगढ स्थित सामुदायिक अस्पताल प्रसुति गृह पुर्याईएको र थप उपचारको लागि बयोधा अस्पताल वीरगन्ज पठाइएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । घाईतेहरु मध्येको २ जनाको अबस्था गम्भिर प्रविद्धीको रहेको पाईएको छ ।