नेवार समुदायको संघठन नेवाः देय्ः दबू दोस्रो बारा जिल्ला अधिवेशनले निजगढका शिव श्रेष्ठको अध्यक्षतामा २५ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
निजगढमा भएको सो अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राजकुमार मानन्धर, उपाध्यक्ष राजन श्रेष्ठ, महिला उपाध्यक्ष चन्द्रमाया श्रेष्ठ, सचिव मदन कंसाकार, महिला सचिव किरण श्रेष्ठ, कोषाध्यक्ष कास्यव श्रेष्ठ र सदस्यहरुमा अंजिता श्रेष्ठ, अशोक मर्हजन, राजेन्द्र श्रेष्ठ, सञ्जयलाल श्रेष्ठ, प्रमिला श्रेष्ठ, सत्य श्रेष्ठ, अर्जुन श्रेष्ठ, भक्तबहादुर श्रेष्ठ, गणेशबहादुर श्रेष्ठ, काजीलाल श्रेष्ठ, प्रदिपकुमार श्रेष्ठ, श्रीकृष्ण श्रेष्ठ, मनिष धौंजु, सरोज प्रधान, पूर्ण श्रेष्ठ, सुशिल जोशी र थप दुई सदस्य रहने जनाइएको छ । त्यसैगरी अधिवेशनले जिल्ला सल्लाहकारमा रामदास धौंजु र सत्यप्रसाद श्रेष्ठलाई चयन गरेको छ ।
यसअघि अधिवेशनको बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य किसान श्रेष्ठले उद्धाटन गर्नुभएको थियो । उद्धाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद श्रेष्ठले नेवारी भाषा, सस्कृति, सभ्यातालाई जोगाउन देशका विभिन्न स्थानमा छरिएर बसेका नेवार समुदायहरु एकजुट हुनु पर्ने बताउनुभयो । उहाँले आफू निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन संसदमा आवाज उठाउदै आएको बताउदै चाढै नै सो विमानस्थलको शिल्यान्यास हुनेमा ढुक्क रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा बारा क्षेत्र नम्बर १ क का मधेस प्रदेश सभा सदस्य त्रिलोकी चौधरी, निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, पूर्व नगर प्रमुख सुरेश खनाल, समाजसेवी एकबहादुर श्रेष्ठलगायतले बोल्नुभएको थियो । अधिवेशनमा निजगढसहित जिल्लाको, कोहल्वी, पथलैया, अमलेखगञ्ज, सिमरा, कलैया लगायत विभिन्न पालिका ८ सय भन्दा बढीको सहभागिता रहेको थियो । अधिवेशनमा निजगढसहित जिल्लाको, कोहल्बी, पथलैया, अमलेखगञ्ज, सिमरा, कलैया लगायत विभिन्न पालिका ८ सय भन्दा बढीको सहभागिता रहेको थियो ।