निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालले शनिवार १४८ जना मोतियाबिन्दुका बिरामीहरुको आँखाको शल्यक्रिया गरेको छ ।
अस्पतालले आँखा जाच शिवीरमा १८० जनाको चेक जाँज गर्दा फेला परेका मोतियाबिन्दुका बिरामीहरुलाई निजगढमा शल्यक्रिया गरेको हो ।
अस्पतालले हिजोबाट ३ दिनसम्म आँखा जाच र शल्यक्रिया शिवीर संचालन गर्ने निजगढ तिलगंगा सामुदायिक आँखा अस्पतालका दिपस सुवेदीले जानकारी दिनुभयो । आज सम्पन्न भएको शिवीरमा निजगढ लगायत बाराको कोहल्बी, कलैया उपमहानरपालिका, रौतहटको चन्द्रपुर र कटहिरिया नगरपालिकामा आयोजना गरिएको १ दिने शिवीरमा फेला परेका बिरामीहरुलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा ल्याएर शल्यक्रिया गरिएको सुवेदीले बताएकाछन । ३ दिनसम्म संचालन गरिने शिवीरमा करिव ३ सय ५० जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिने सुवेदीले जानकारी दिनुभएको छ ।
अस्पतालले आयोजना गरेको आँखा शिवीरको सह-आयोजक र सहजिकरण लायन्स क्लब अफ निजगढ सिटीले गरेको थियो ।
आँखा शिविरको नेत्रित्व डा.सुनिल थकाली र डा एलिना गुरुङ्गले गर्नु भएको थियो ।
















