निजगढ नगरपालिका वडा नम्बर ८ स्थित गौरीशंकर माध्यमिक (प्राविधिक) विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा रवि बर्तौला सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।
विद्यालयका अभिभावकहरुको हिजो भएको भेलाले व्यवस्थापन समितिको अध्यक्षमा बर्तौला र सदस्यमा थानेश्वर सापकोटा, टिकामाया लामा, शर्मिला खुलाल, पेमा घेम्जो लामा, रमा न्यौपाने अधिकारीलाई सर्वसम्मत चयन गरेको हो । भेलाले दिपक सापकोटाको अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि सर्वसम्मत रुपमा चयन गरेको छ । संघको सदस्यमा तिलकप्रसाद अधिकारी, प्रविन उप्रेती, हरि फुयाल, दिपक तिमल्सिना, शारदा थापा, लक्ष्मीमाया मोक्तान, नरनाथ गौतम पनि सर्वसम्मत चयन हुनुभएको छ ।
निजगढका प्रमुख दलका प्रतिनिधिहरुबीच भएको सहमति अनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पनि सर्वसम्मत रुपमा चयन गरिएको हो । यसअघि दलका प्रतिनिधिहरुबीच सहमति हुन नसक्दा पटकपटक भएको भेलाले पनि विद्यालय व्यवस्थापन समिति गठन गर्नसकेको थिएन ।