समुदायमा आधारित प्रसुति गृह, निजगढ सामुदायिक अस्पतालले विजया दशमी, दिपावली, छठ तथा नेपाल सम्बत ११४४ को अवसरमा हिजो चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
अस्पताल संचालक समितिका अध्यक्ष माधव न्यौपानेको अध्यक्षतामा अस्पताल प्राङ्गणमा भएको सो सो कार्यक्रममा बारा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्य अच्युत मैनालीले जनताको सेवाको लागि आफूले जस्तो सुकै काममा पनि समन्वय गर्ने बताउनुभएको छ । उहाँले कुनै समस्या परेमा आफूलाई जानकारी गराउनु पनि आग्रह गर्नुभएको छ ।
मधेस प्रदेश सभा सदस्य मिना लामा, निजगढ नगरपालिकाका नगर प्रमुख सरथ पुरी, उपप्रमुख सोममाया थिङ्ग, निजगढ खानेपानी तथा सरसफाइ उपभोक्रा संस्थाका अध्यक्ष सुदर्शन कोइराला, निजगढका पूर्व नगर प्रमुख सुरेश खनाल, पूर्व उपप्रमुख लिला देवी लामिछाने खनाल, गौरीशंकर क्याम्पस संचालक समतिका अध्यक्ष एकबहादुर श्रेष्ठलगायत स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा समाजसेवीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा अस्पताल संचालक समितिकी उपाध्यक्ष सावित्री भारतीले स्वागत मन्तव्य व्यक्र गर्नुभएको थियो भने कार्यक्रमको संचालन संस्थाका कोषाध्यक्ष भाइकाजी श्रेष्ठले गर्नुभएको थियो ।