बाराको सिम्रौनगढ लामो समयदखि प्रमुख प्रशासकिय अधिकृत बिहिन रहेको हुदा आज नवप्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउने बिषयमा झडप हुदा प्रहरीको गोली लागि १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका १का लक्ष्मी मुखिया रहेका छन भने अन्य केहि पनि घाईते भएका छन । घाईते भएका मुखियाको उपचारको क्रममा नारायणी उपक्षेत्रीय अस्पतालमा मृत्युु भएको बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भयो ।
सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्रलाई हाजिर गराउन लिएर जाने क्रममा विपक्षीले हाजिर गर्न नदिएपछि विवाद भएपछि दुवै पक्षको झडप भएको थियो र झडप नियन्त्रणका क्रममा १० जना प्रहरी पनि घाइते भएका छन् । भिड नियन्त्रण गर्न प्रहरीले चलाएको थियो ।
सिम्रौनगढ नगरपालिकामा लामो समय देखि प्रमुख प्रशासकीय अधिकृत विहिन थियो भने सो नगरपालिकामा कार्यरत कर्मचाहरीहरुले तलब भत्ता माग गर्दै आन्दोलनमा बसिरहेका पनि छन ।