केहि दिन अघि बारामा प्रहरीबाट गोलीबाट मृत्यु भएको बिरोधमा आज शनिवार नेपाली काँग्रेस क्षेत्र नं १ले बाराको निजगढ स्थित पुर्व पश्चिम राजमार्गमा चक्का जाम गरेको छ ।
शिक्षक कर्मचारीहरुले आफ्नो तलब माग गर्दै शान्तिपूर्ण हडतालमा प्रहरीले बल प्रयोग गरी हत्या भएको घटनामा २४ घण्टा बितिसक्दा पनि आफ्नो माग सम्बोधन नभएपछि राजमार्गमा उनिहरुले टायरबाली चक्काजाम गरेका छन । शनिवार दिउँसो १ बजे देखि शुरु भएको चक्काजाममा आन्दोलनकारिहरुले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव र सिम्रौनगढका नगरप्रमुख किशोरी कलवारको पुत्ला दहन तथा राजिनामा माग र ईलाका प्रहरी कार्यलय सिम्रौनगढका प्रमुख रविशंकर यादवको निलम्बन समेत माग गरेकाछन ।
घटनामा प्रहरी प्रमुख यादवको निर्देशनमा शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेको आरोप छ । हाल निज यादवलाई सिम्रौनगढबाट जिल्ला तानिएको छ । यता बाराको निजगढमा भने बिहान देखि व्यापक शुरक्षाकर्मी परिचालन गरिएको छ । चक्काजामका कारण पुर्वबाट आउने गाडीहरुलाई रौतहटको चन्द्रपुरमा र पश्चिमबाट आउनेलाई पथलैया तर्फै रोकिएको छ ।
सिम्रौनगढ नगरपालिकाका स्थायी कर्मचारीहरुले बिगत ६ महिना देखिको र अस्थायी तथा ज्यालादारी कर्मचारीले आफ्नो तलबको माग राख्दै आन्दोलन गर्दै आएका थिए र नव प्रमुख प्रशासकीय अधिकृतलाइ हाजिर गराउने बेलमा झडप हुदा प्रहरिको गोलि लागि लक्ष्मी मुखियाको ज्यान गएको थियो भने झडपको क्रममा दर्जनौ प्रहरी र केही स्थानियहरु घाइते समेत भएका थिए ।
आन्दोलनले गर्दा नगरपालिकामा रहेको अस्पतालको सेवा विद्यालयको पठनपाठन समेत अबरुद्ध भएको छ । नगरपालिकाको कार्यलय बिगत २ महिना देखि बन्द रहेको छ ।