तराईमा चिसो बढेर नागरिकको जनजीवन प्रभावित बनेको छ । तराईमा चिसो बढेपछि आगो ताप्नको लागि सशस्त्र प्रहरी बलले सर्वसाधारणलाई दाउरा बितरण गरेको छ।
विपद व्यवस्थापन बेश निजगढले बाराको निजगढ हाईवे श्रेत्रका ठाँउहारुमा दाउरा वितरण गरेको हो । सशस्त्र नायब प्रहरी उपरीक्षक दिनेश शर्माका अनुसार नगरपालिकाको विभिन्न सडकमा यात्रुहरु र आम नागिरकको लागी दाउरा बितरण गरिएको छ। केहिदिन अघि देखि चिसो बढेकाले निजगढ नगरपालिका भित्र रहेको विद्यालयहरु बन्द समेत गरिएको थियो ।