निजगढ– ५ स्थित जनजागृती सुन्दर सामुदायिक वन उपभोक्ता समुहको १३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरीले उद्घाटन गर्नुभएको सो साधारण सभाले अध्यक्ष जयप्रसाद ढुङ्गानाले पेस गरेको प्रतिवेदन, कोषाध्यक्ष नारायणप्रसाद लामिछाने र लेखा समिति संयोजक जयराम तिमिल्सनाले प्रस्तुत गरेको लेखा परीक्षणको प्रतिवेदन साधारण सभाले सर्वसम्मत पारित गरेको छ ।
उद्घाटन कार्यक्रममा नगर प्रमुख पुरी, निजगढ नगरपालिकाका उपप्रमुख सोममाया थिङ्ग, निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सुर्यबहादुर थापा, सामुदायिक वन उपभोक्ता महासंघ बाराका अध्यक्ष रामजीप्रसाद बजगाई, सवडिभिजन वन कार्यालय निजगढका तामागढीका वन अधिकृत सुरेश भगत, जनजागृती सुन्दर सामुदायिक वन समुहका पूर्वअध्यक्ष कृष्णप्रसाद बन्जरा, पूर्वअध्यक्ष नारायणप्रसाद गौतम, नेकपा (माओवादी केन्द्र) निजगढ नगर कमिटीका अध्यक्ष सन्तोष दंगाल, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निजगढ नगर सभापति रामहरी खरेल, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निजगढ नगर अध्यक्ष खड्गप्रसाद उप्रेती, सार्वजनिक माध्यमिक विद्यालय निजगढ ५ बागदेवका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, बागदेव दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष थानेश्वर सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वन समुहका अध्यक्ष ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव इश्वरी खड्का र स्वागत उपाध्यक्ष शर्मिला विश्वकर्माले गर्नुभएको थियो ।