नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । माघ १७ गते राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल वा मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।
नेपाल आयल निगमले ग्यासको मूल्य पनि प्रति सिलिन्डर १५ रुपैयाँले बढाएको छ । भाउ बढे सँगै ग्यासको मूल्य प्रतिसिलिन्डर १,९१० रुपैयाँ पुगेको छ ।