निजगढ नगरपालिकाको बकैया खोलामा अबैधरुपमा भईरहेको नदीजन्य पदार्थ उत्खनन रोक्न प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले निर्देशन दिनुभएको छ ।
प्रजिअ घिमिरेले मंगलबार निजगढको बकैया खोलाको अनुगमन गर्दै निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी र प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलालाई खोलाबाट भइरहेको अबैध उत्खनन तत्काल रोक्न निर्देशन दिनुभएको हो । स्थलगत अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी घिमिरेले खोलाको अबस्था हेर्दा राज्य छ भन्ने अनुभुति नै नहुने गरी दोहन भएको बताउनुभएको छ ।
अनुगमन टोलीमा प्रजिअ घिमिरेले सहित जिल्ला समन्वय समितिका उपसभापति चन्डिका सापकोटा उप्रती, जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफले र शसस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डागी,निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरी, प्रशासकीय अधिकृत अजय बर्तौला, प्रशासन प्रमुख रबिन घिमिरे, आलेप दिनेश श्रेष्ठ, ईन्जिनियर नविन घिमिरे, डिभिजन वन कार्यालय बाराका अधिकृत सुचना अधिकृत जवाहरलाल प्रसाद कुर्मी लगायतको उपस्थिति रहेको थियो ।